सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बबरमहल, काठमाडौं

2081 - Magh - 10

पब्लिक एक्सेस मोडल(PAM) /पब्लिक एक्सेस मोडल (PAM) को परिचय

सेवाग्राहीले आफु अनुकूल तरीकाले इन्टरनेटको माध्यमबाट सहजतापूर्बक जग्गाको कारोबारका लागि अनलाइनबाटै निबेदन दिन सकिने गरी बिकास गरिएको प्रणालीलाई पब्लिक एक्सेस मोडुल भनिएको छ । यस प्रणालिको माध्यमबाट मालपोत नियमावली, २०३६ (छैठौं संशोधन) को नियम २३क मा व्यवस्था भएको भू–सेवा केन्द्रको संचालन तथा व्यवस्थापन समेत गरिएको छ । यस प्रणालीको माध्यमले जग्गाधनीले आफ्नो हक स्वामित्वमा भएको घरजग्गा (अचल सम्पत्ती) को हक हस्तान्तरण गर्न आवश्यक पर्ने लिखत तथा निवेदन आफ्नो घर वा आफुलाई पाएक पर्ने भू–सेवा केन्द्र मार्फत अनलाईन नै भरी भराई सम्बन्धित भूमिसुधार तथा मालपोत कार्यालयमा पेश गर्न, प्रणालीबाटै लिखत निवेदन प्रिन्ट गर्न सक्दछन् । यो प्रणाली हाल सम्म ६७ कार्यालयमा संचालित छ । आर्थिक वर्ष २०७८/७९ मा सबै कार्यालयबाट सेवा संचालन गर्ने विभागको योजना रहेको छ ।

 

यसका प्रणालिका विशेषताहरु

 

  • वेवमा आधारित भएको हुँदा इन्टरनेट कनेक्टीभिटी भएको जुन सुकै स्थानबाट जग्गा प्रशासनका लागि आवश्यक निवेदन तथा फारम अनलाइन भर्न सक्ने ।
  • २४ घण्टा x ७ दिन को सुविधा ।
  • भूमि प्रशासनको प्रकृयाका सम्बन्धमा जानकारी राख्ने ब्यक्ति संस्था तथा स्थानीय निकायले मालपोत नियमावली २०३६ (छैठौ संशोधन) तथा भू–सेवा केन्द्र संचाल निर्देशिका, २०७६ बमोजिम अनुमति पत्र लिइ फारम भर्ने भराउने कार्य गर्ने सक्ने ।
  • एउटै कार्यालयमा धेरै प्रयोगकर्ता मार्फत निवेदन दर्ता गर्न सकिने भएकोले कार्य सम्पादनमा छिटो छरितो   हुने ।
  • प्रणालिबाट अनलाईन निवेदन तथा फारम भरे पश्चात आवश्यक लिखत तथा निवेदन प्रिन्ट गर्न सकिने भएकोले हस्तलिखत निवेदन फारम तयार गर्नु नपर्ने ।

यो प्रणाली कसले चलाउन सक्छन?

  • जसले जग्गाको कारोबारको व्यवसाय गर्न चाहन्छन,
  • जसलाई भूमी सम्वन्धी आधारभूत जानकारी रहेको छ,
  • जोसँग इन्टरनेट सुबिधा उपलब्ध छ,
  • जसले इन्टरनेट मार्फत वेब एप्लिकेसन चलाउन सक्छन,
  • जोसँग प्रणाली संचालनको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ ले तोकिदिए अनुसार आवश्यक पुर्बाधारहरु छन्,
  • जसले प्रणाली संचालनको लागि अनुमति पाएका छन् ।

 

यसका प्रणालिका प्रयोगकर्ताहरु

) पटके प्रयोगकर्ता

यूजर नेम र पासवर्ड नलिई जग्गाधनी आफैले एक पटकको लागि आफ्नो हक स्वामित्वमा भएको अचल सम्पतिको हक हस्तान्तरण गर्न अनलाइन प्रणालीमा पहुँच प्राप्त गरी निवदेन तथा फारम भर्न सक्ने प्रयोगकर्तालाई “पटके प्रयोगकर्ता” भनिन्छ।

) साधारण प्रयोगकर्ता

आफ्नो घर जग्गासँग सम्बन्धित विवरण हेर्न र अनलाइन निवेदन फारम भर्नको लागि भू–सेवा केन्द्र संचालन निर्देशिका, २०७६ बमोजिम शुल्क दस्तुर तिरी यूजर नेम र पासवर्ड प्राप्त गरेका जग्गाधनीलाई “साधारण प्रयोगकर्ता” भनिन्छ।

)  भू–सेवा केन्द्र प्रयोगकर्ता

मालपोत नियमावली, २०३६ (छैठौ संशोधन) परिच्छेद ६क सेवा केन्द्र सम्बन्धी व्यवस्था बमोजिम अनुमति प्राप्त सेवा केन्द्रलाई सम्झनु पर्छ  । यस अन्तरगत व्यक्ति, संस्था र स्थानीय तह पर्दछन् । यस परिच्छेद प्रयोजनको लागि व्यक्ति भन्नाले कानून ब्यवसायी वा लेखापढी ब्यवसाय गर्न प्रमाणपत्र प्राप्त ब्यक्ति जनाउने व्यहोरा मालपोत नियमावली, २०३६ (छैठौ संशोधन)  नियम २३क को स्पष्टिकरणमा दिइएको छ ।

प्रणालीबाट प्रदान गर्न सकिने सेवाहरु

(क)   अनलाईन प्रणालीमा उपलब्ध भएका निवेदन तथा फारम भर्ने,

(ख)   कार्यालयमा पेश गरिने निवेदन तथा लिखतको लागि आवश्यक कागजातहरु प्रणालीमा अपलोड गर्ने,

(ग)   निवेदन र फारम भू-सूचना प्रणालीमा दर्ता गरी त्यस्ता निवेदन र फारम प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउने,

(घ)   जग्गा प्रशासन सम्बन्धी आवश्यक सूचना सेवाग्राहीलाई प्रदान गर्ने,

(ङ)   समय–समयमा मन्त्रालय वा विभागले सूचना गरी तोकेका अन्य सेवाहरु प्रदान गर्ने ।

Get In Touch With Us

बबरमहल,काठमाडौं

फोन.: ०१-५३२००२८
E-mail:  info@dolma.gov.np(विभाग )

dg@dolma.gov.np(महानिर्देशक)

planning@dolma.gov.np(योजना तथा अभिलेख शाखा)

padmin@dolma.gov.np(प्रशासन शाखा)

lit@dolma.gov.np(लेखा शाखा)

co.lit@dolma.gov.np(जिन्सी शाखा)

ladmin@dolma.gov.np(मालपोत तथा भूमि सुधार शाखा)

URL: http://www.dolma.gov.np

निर्देशक ( प्रवक्ता )

वेद प्रसाद आर्याल

शाखा अधिकृत (सूचना अधिकारी)

सूर्य प्रसाद कोइराला