सम्पर्क गर्नुहोस
पब्लिक एक्सेस मोडुल (PAM) संचालनका भावी योजना : आ व २०७८/७९ भित्र देश भरका कार्यालयमा प्रणालि संचालनमा ल्याउने योजनाका साथ तयारी गरीरहेको छ । यसै तयारीको शिलशिलामा उपत्यका र उपत्यका आसपासका भूमिसुधार तथा मालपोत कार्यालयका २।२ जना कर्मचारीहरुलाई PAM प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी सो कार्यालय अन्तरगत स्थानीय तह र इच्छुक संस्थाहरुलाई प्रणाली संचालन तालिम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसरी नै यस आर्थिक वर्षमा अन्य कार्यालयहरुमा पनि प्रशिक्षक प्रशिक्षण संचालन गरी बृहतरुपमा प्रशिक्षित गर्ने र प्रणाली संचालन तथा प्रयोजमा स्थानीय तह र जग्गाधनी स्वयमको दक्षता बढाउने योजना विभागले राखेको छ । |